२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उममहानगरपालिकामा सिफारिश निःशुल्क



भदौ छ, धनगढी । धनगढी उपमहानगरपालिकाले सेवाग्राहीलाई विभिन्न सेवा निःशुल्क दिन थालेको छ । कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक सिफारिशका साथै यसको अनुसूची फाराम, औषधि उपलब्ध गराउन, रगत उपलब्ध गराउन आवश्यक सिफारिस निःशुल्क दिने उल्लेख छ ।

जन्मदर्ता, मृत्यु विवाह बसाइँसराइ सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाको सिफारिश निःशुल्क गरिएको छ । यद्यपि, जन्म, मृत्यु, विवाहको हकमा ३५ दिन नाघेमा भने ५० रुपैयाँ जरिवाना तोकेको छ ।

यस्तै अपाङ्ग परिचयपत्र, पेन्सन र सामाजिक सुरक्षा, कानूनी सहायतासम्बन्धी र आर्थिक तथा सामाजिक अवस्था कमजोर भएकाका लागि गरिने सबै सिफारिशसमेत निःशुल्क गरिएको जनाइएको छ ।

उपमहानगरपालिका कार्यालयले एकीकृत सम्पत्ति कर यस आर्थिक वर्षमा दश देखि १२ प्रतिशत घटाएको छ । साविकमा योभन्दा बढी एकीकृत सम्पत्ति कर लिने गरिएको थियो । उपमहानगर क्षेत्रका सडकदेखि ३० मिटरसम्मको जग्गालाई व्यावसायिक र त्यस पछाडिको जग्गालाई कृषियोग्य भनी मूल्याङ्कन गरिएको छ ।

यस वर्षदेखि कार्यालयले मदिरा, सुर्तीजन्य वस्तु, इँटा उद्योग, अस्पताल तथा क्लिनिक, नर्सिङ होम, क्यासिनो करको दायरामा ल्याएको छ । धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाबाट आव २०७५÷०७६ का लागि पारित आर्थिक ऐनअनुसार यो व्यवस्था गरिएको हो । रासस

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ००:००