२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाले १०% मात्र बहाल कर उठाउने



भदौ ५, काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको महानगरले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो । महानगरले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ ।

निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् ।

त्यस्तै घटना दर्ताजन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ ।

गएको वर्ष १० हजार रुपैयाँ लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष २ हजार ५ सय कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष २ हजार रुपैयाँ लिइँदै आएकोमा यसवर्ष देखि १ हजार रुपैयाँ लिइने भएको छ ।

गएको वर्ष जग्गा दर्ता सिफारिसमा ५ हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यो वर्ष ३ हजार कायम गरिएको छ । रासस

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार ००:००