२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लाबारी नगरपालिकाः लामखुट्टे मार्न विषादी छर्कन सुरु



भदौ ५, उर्लाबारी– मोरङ । उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्न नगरका सबै वडामा विषादी छर्कन शुरु गरेको छ । डेङ्गु, कालाजार, औलो आदि रोकथामका लागि विषादी छर्किने अभियान शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रेणुकाप्रसाद काफ्लेले जानकारी दिइन् ।

सोमबार वडा नं ५ र ६ का गाउँ टोलमा विषादी छर्किएको उनले बताइन् । आज वडा नं ७, भदौ ६ गते वडा नं ४, भदौ ७ गते वडा नं २ र ३ तथा भदौ ८ गते बरगाछीबाट दुर्गापुरी हुँदै आमबारी देखि पुनः बरगाछी सम्म विषादी छर्किने कार्यक्रम छ ।

विषादी छर्किने दिन दिउँसो ३ देखि ६ बजेसम्म सूचना गर्ने र साँझ ७ बजेदेखि राति १२ बजेसम्म विषादी छर्किने अधिकृत काफ्लेले बताइन् ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार ००:००