भदौ ५, त्रिपुराकोट– डोल्पा । अविरल वर्षासँगै पहिरो खस्दा सोमबार मुड्केचुला गाउँपालिकामा दुई घर पुरिएका छन् भने एक घर भत्किएको छ ।
तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका ७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ ।
मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।
रासस





प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।