१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोगडाकेदार गाउँपालकिालमा टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता



भदौ? २ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

टुहुरा बालबालिकालाई पढाईमा आर्थिक अभाव नहोस् भनेर भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताईन् । “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं,” उनले भनिन् ।

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीको विश्वास छ । गाउँपालिकाले १८ बर्ष मुनिका टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ ।

गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको छ । भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको बजेटबाट २ लाख ४० हजार रकम छुट्याएको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ००:००