८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट नदीजन्य बस्तुको तस्करी



 

साउन ३०, गाईघाट– उदयपुर । स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।

ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको थियो । तस्करी गरी निकासी गरिएका ती नदीजन्य पदार्थ दोब्बर मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका– १२ बगरटोलका स्थानीयवासी लिलानाथ दाहालले बताए ।

तस्करीमा संलग्न ट्र्याक्टर व्यवसायीले एक हजार २०० प्रतिट्र्याक्टर मूल्यको बालुवा दुई हजार ५०० र दुई हजार ५०० प्रतिट्र्याक्टरको गिट्टी, रोडा चार हजार ट्र्याक्टरका दरले बिक्री गर्ने गरेको गाईघाट शिवालय टोलका कनक कार्कीले बताए ।

चोरी गरी निकासी गरिएका ढुङ्गा सात हजार प्रतिट्र्याक्टर सम्म मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको गाईघाट ढिम्की टोलाका देवेन्द्र खड्का बताउछन् । कर छलेर नदीजन्य पदार्थ चोरी भएपनि सम्बन्धित निकाय मौन बस्ने गरेको स्थानीय जनताले आरोप लगाउन थालेका छन् ।

नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईका अनुसार यसको जिम्मा प्रहरी प्रशासनको भएको बताएका छन् । जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारका अनुसार अर्काे बोलपत्र नखोलेसम्म नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध लगाएको र यसको हेर्ने जिम्मा प्रहरी प्रशासनको रहेको बताए ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ००:००