३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगला गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान



साउन ३०, बेनी । म्याग्दीको मंगला गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बाबियाचौरका क्याप्टेन इन्द्रबहादुर अधिकारी उक्त जग्गा दान दिएका हुन् ।

हाल काठमाडौं बस्दै आएका ७३ बर्षीय अधिकारीले ३ रोपनी १५ आना ३ पैसा २ दाम जग्गाको लालपुर्जा गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । उक्त जग्गामा बालबालिका तथा ज्येष्ठ नागरिकका लागी उद्यान निर्माण गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।

यसैगरि जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । अधिकारीले आफू काठमाडौंमा रहे पनि जन्मेको ठाउँको विकासमा सहयोग पुगोस् भनेर जग्गा उपलब्ध गराएको बताए । रासस

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ००:००