३० कार्तिक २०८३, सोमबार | Mon Nov 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुप्रतिक्षति इलाम बजार खानेपानी आयोजना सम्झौता

लेखक स्थानीय खबर २९ श्रावण २०७५, मंगलबार २ मिनेट पढाइ

 

साउन २९, इलाम । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् ।

आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक एडिबी को आर्थिक सहयोगमा ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात ५८ करोड ५७ लाख ६० हजार २०४ अनुदान उपलब्ध गराउनेछ । स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता अन्तर्गत चार करोड १८ लाख ४० हजार १४ लगानी रहनेछ । इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवालाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकाका चार खोलाको मुहानबाट पानी ल्याइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उनको भनाइ छ ।

घरको धारामा पानी नआएर खोला, खोल्सा तथा कुवामा धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीमा खुशी भएका छन् । हाल इलाम बजारमा इलाम नगरपालिकाले पानी वितरण गरिरहेको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।