२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर महानगरपालिकामा अज्ञात समुहद्वारा विष्फोटन



 

साउन २७, विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ ।

उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिए । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार ००:००