२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाठी कोइलाडी गाउँपालिकामा शतप्रतिशत विद्यालय भर्ना



 

साउन २५, राजविराज । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई बिहिबार शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक ९जिरीया हटिया०मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालयलाई दिने खाजाभत्ता अब विद्यार्थीको आमाको नाममा बैंकमा खाता खोलेर दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको नाममा दिने खाजाभत्ता अभिभावकले खर्च गर्ने भएकाले आमाको नाममा भत्ता दिनुपर्ने बताए ।

विद्यालयमा दिने खाजाभात्तामा समेत भ्रष्टाचार हुन थालेको गुनासो आइरहेको बताउँदै उनले आमाको नाममा खाता खोलेर खाजाभात्ता उपलब्ध गराउन सक्यौं भने भ्रष्टाचार कम हुने विश्वास व्यक्त गरे ।

तिलाठी कोइलाडी गाउँपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका पाँच हजार ९५१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको शिक्षा विकास समन्वय एकाइका अध्यक्ष शंकरराज लुइँटेलले जानकारी दिए ।

भर्ना भएका बालबालिकामध्ये निजी विद्यालयतर्फ दुई हजार २७३ र सामुदायिक विद्यालयतर्फ तीन हजार ६७८ रहेको उनले बताए । कार्यक्रममा मन्त्री साहले तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चोकमा गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि १० लाख दिने घोषणा गरे ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ००:००