२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण शुरु भएको चार वर्षमा पनि पुल निर्माण भएन



 

साउन १२, दाङ । जिल्लामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुर खण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ ।

पुल निर्माणको सम्झौता भएको वर्षौँ बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताए ।

जसले गर्दा वर्षायाममा जनताले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षात्को समयमा यातायात सञ्चालनमासमेत समस्या हुने गरेको छ । खोलामा भरपर्दो डाइभर्सन नहुँदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ ।

खोलामा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपर्युक्त डाईभर्सन नहुँदा सवारीसाधन चलाउँदा समस्या हुने गरेको चालकले बताउने गरेका छन् । वर्षात्को समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलामा सवारी साधान चलाउन समस्या हुने गरेको चालक पूर्ण वलीले बताए ।

तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकको गुनासो छ । वर्षौँवर्षसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने नागरिकको माग छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ००:००