२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक



 

१२ साउन, रसुवा । टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्ग अन्तर्गत टिमुरे–घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।

हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामान आयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयौ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् ।

चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थान समेत नभएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

यसैगरी पहिरामा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताए । स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ००:००