२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुस लिएको आरोपमा लेखापाल र नासु पक्राउ

लेखक स्थानीय खबर ११ श्रावण २०७५, शुक्रबार १ मिनेट पढाइ

 

साउन ११ पर्सा । पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फर्छ्योटबापत ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ ।

गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।