२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकामा पहिरो, चार घर विस्थापित



 

साउन ११, भक्तपुर । चाँगुनारायण नगरपालिका ८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।

भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उनी घरबारविहीन बनेका हुन् ।

उनीजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उनी विचल्लीमा परेका छन् । “भुइचालोले पुरानो घरमा बस्न नहुने भएपछि जग्गा बेचेर नयाँ घर बनाइएकामा त्यो पनि निर्माण पूरा नहुँदै पहिरोले लाने खतरा भयो,” उनले भने ।

घर अगाडिको डिलमा पहिरो जाँदा पुरीटोलका चार परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर भत्किन सक्ने सम्भावना बढेपछि चारै परिवारलाई सुरक्षित बासका लागि नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको पहलमा जिल्ला शाखाले टेन्ट उपलब्ध गराएको छ ।

पहिरोका कारण घर र आँगनमा चिराचिरा परेपछि प्रति परिवार एकएक वटा टेण्ट उपलब्ध गराइएको उपशाखाका सभापति विदुर नेपालले जानकारी दिए ।

त्रिपलआर परियोजना अन्तर्गतको च्याम्हसिंह सुडाल सडकको ट्रयाक खन्ने क्रममा बनेको डिलमा पहिरो गएका कारण पुरी टोलका चारै परिवारको घर जोखिममा परेको पीडित धर्मराजले बताए ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ००:००