२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की क्षेत्र नं २ क मा सडक निर्माणलार्इ प्राथमिकता



 

साउन १०, पोखरा । कास्कीको २ क मा सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ । गण्डकी प्रदेश सभामा जिल्लाको प्रदेश दुई ९क० बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त क्षेत्रको सडक सञ्जाल सहितका विकासका लागि लगभग ७० करोड बजेट विनियोजन हुने बताए ।

उनका अनुसार सो क्षेत्रको विकासका लागि संघबाट २० करोड, प्रदेशबाट करीब १५ करोड र महानगरबाट लगभग २० करोड विनियोजन भएको छ । दोपहरे, माझगाउँ हुँदै बक्रेक सडकलाई प्रदेश सरकारले दुई करोड १० लाख विनियोजन गरेको बताउँदै उनले पोखरा लेखनाथ महानगरपालिका ७ र १५ लाई जोडने सेती नदी माथिको पुल निर्माणका लागि ७५ लाख छुट्याइएको बताए ।

जनचेतन–चिलाउनेखर्क हुँदै चिसापानी जोड्ने बाटोका लागि ५० लाख, भरतपोखरी ट्युवेल सिँचाइ आयोजनाका लागि ७५ लाख रकमको व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यसैगरी, सुनार गाउँ हुँदै चापाकोट सडकका लागि ५० लाख, हिमालय आँखा अस्पतालमा सेवा विस्तारका लागि सहलगानीमा ४० लाख, पोखरा–७ ठूलाखेत कल्भर्ट निर्माणका लागि २५ लाख वडा नं २१ र ३३ सुरौदी खोला नियन्त्रणका लागि २० लाख, वडा नं १५ मा पर्यटन पार्क निर्माणका लागि २५ लाख, एओएस बालग्राम सहलगानीका लागि १० लाख विनियोजन गरिएको छ ।

लक्षित योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दल सबैको सामूहिक प्रयास आवश्यक हुने उनले बताए ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार ००:००