साउन ५, काठमाडौं । समुदाय र सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्रमा पढ्ने बालवालिकाको संख्या १० लाख पुगेको छ ।
प्रारम्भिक बालविकास केन्द्रले गरेको अध्ययनअनुसार नीजि तथा सँस्थागत रुपमा खुलेका केन्द्रको संख्या करिब ३० हजार पुगेको छ बालविकास केन्द्रमा भर्ना हुने बालिका ५ लाख ५ हजार र बालक ५ लाख १४ हजार छन् ।
समाजले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सत्या पहाडीले प्रारम्भिक बालविकासको विषय संविधानको मौलिक हक रहेको बताइन् । साथै, ऐन नियम बनाउँदा मौलिक हकलाई ख्याल गर्नुपर्नेमा पहाडीले जोड दिइन् ।
समाजका अध्यक्ष डा किशोर श्रेष्ठले दिगो विकासको १७ मध्ये ११ लक्ष्य बालविकाससँग सम्बन्धित रहेको बताए । रासस




प्रतिक्रिया