१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोहलपुर नगरपालिकाको खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

लेखक स्थानीय खबर ४ श्रावण २०७५, शुक्रबार १ मिनेट पढाइ

 

४ साउन, नेपालगञ्ज । बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ ।

प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत बाँकेको खड्गबार गाउँलाई छनोट गरिएको हो । बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टुंगो नलागेको मन्त्री पौडेलले जानकारी दिइन् ।

किसानलाई प्रविधिको अभाव हुन नदिन एकजना प्राविधिक पनि प्रदेश सरकारले नै नियुक्ति गरेर नमूना गाउँमा खटाउने गरी कार्य अगाडि बढाइएको पनि उनले बताइन् ।

प्रदेश नं ५ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत प्रदेश अन्तर्गतका ५२ निर्वाचन क्षेत्रमा यसखाले नमूना कृषि गाउँ निर्माण हुने मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।