२ साउन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएको छ । प्रदेशसभा सचिवालयमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।
उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको हो ।
पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका रुपमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा आउन लागेका हुन् । रासस



प्रतिक्रिया