२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु



 

२ साउन, धनगढी । न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन) निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ ।

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजना अन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

झण्डै एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू आइटी भेञ्चरका कार्यकारी अधिकृत कमल अधिकारीले बताए ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा शेयर बिक्री गरेर यो योजना निर्माणका लागि अध्ययन शुरु गरिएको हो । झण्डै दुई बिगाह क्षेत्रफलको जग्गा आवश्यक पर्ने यो ‘मोडेल टाउन’मा नौतले र साततलेका दुई भवन निर्माण गरिने लक्ष्य छ । नौतलेको माथि निर्माण गरिने भ्यू टावरबाट धनगढी शहरको अवलोकन गर्न सहज हुने बताइएको छ ।

‘मोडेल टाउन’का भवनमा व्यापारिक स्टल, कर्पोरेट अफिस, फिट्नेश सेन्टर, तालीम कक्ष, आविष्कार केन्द्र लगायत कक्ष रहने बताउँदै अधिकारीले भने, “यो योजनामा प्रदेश नं ७ का गैरआवासीय व्यक्तिलाई पनि समेट्ने योजना छ ।”

अध्ययनको क्रममा धनगढी उपमहानगरपालिकाको स्मार्ट सिटीका पदाधिकारी र न्यू आइटी भेञ्चरका प्रतिनिधिबीच छलफल गरिएको छ ।

न्यू आइटी भेञ्चर, गैरआवासीय नेपाली संघ एनआरएनए का अध्यक्ष भुवन भट्ट लगायतका व्यक्तिको कम्पनी हो । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत ‘मोडेल टाउन’ निर्माण गर्नेबारे छलफल भएको र यो योजना निर्माण हुनसकेमा भारतीय ग्राहक आकर्षित हुने भई व्यापारिक क्रियाकलाप बढ्ने उपमहानगरपालिकाका प्रमुख वडले बताए ।
रासस

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ००:००