२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानका मेयर तारा सुब्बाको निधन



 

स्थानीय खबर संवाददाता
साउन १, काठमाडौं

धरान उपहानगरपालिकाका मेयर तार सुब्बाको निधन भएको छ । आज काठमाडौंको ग्रान्डी अस्पतालमा सुब्बाको निधन भएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताए ।

 

“उहाँको निधन भएको भन्ने खबर आएको छ । उहाँको पार्थिव शरिर अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा छ,” घिमिरेले भने, । उनका अनुसार केही समय अघि मेयर सुब्बाको मृगौला प्रत्यारोपण गरिएको थियो ।

पछिल्ला दिनहरूमा न्यूमोनिया र अन्य रोगले समेत च्यापेको थियो । उनी गत बर्षको स्थानीय निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । उनी तत्कालिन एमालेका पुराना कार्यकर्तासमेत हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलबार ००:००