१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गढी गाउँपालिकाको बजेट ३२ करोड



१ साउन, इनरुवा । सुनसरीको गढी गाउँपालिकाले ३२ करोड २९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छ । सोमबार दोस्रो गाउँ सभाबाट वर्ष २०७५/२०७६ को बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गढी गाउँपालिकाले आफ्नो बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सम्पत्ति कर कडाइका साथ लागू गर्ने गाउाँलिकाका अध्यष श्रीप्रसाद यादवले बताए ।

साथै साझेदारीमा आधारित विकास गर्ने, १० लाख बढीको योजना टेण्डरबाट मात्र सञचालन गर्ने यादवले जानकारी दिए । यादवले आफ्नो बजेट वक्तव्यमा गाउँका छवटै वडाका सबै कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रको संरक्षणमा ध्यान दिने बताए ।

गाउँपालिकाको सार्वजनीकिकरण कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, २ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरी, ४ नम्बर वडाध्यक्ष रामचन्द्र महतोसहितका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिनुभयो । रसस

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलबार ००:००