२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेइस स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण



 

१ साउन, रसुवा । जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई सोमबार एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८ सरकारी र पाँच सामुदायिक गरी कुल २३ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिए ।

हस्तान्तरण गरिएका सबै स्वास्थ्य संस्था साउन १ गतेबाट स्थानीय तहको रेखदेख र अनुगमनमा रहने बताइएको छ । हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये नौकुण्ड गाउँपालिकामा चार, आमाछोदिङमोमा पाँच, गोसाइँकुण्डमा छ, उत्तरगयामा चार र कालिका गाउँपालिकामा चार वटा रहेका छन् ।
रासस

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलबार ००:००