२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको तातोपानी गाउँपालिकामा पूर्ण खोप सुनिश्चित घोषणा



३२ असार, सुर्खेत । जुम्लाको तातोपानीलाई जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

“हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले भने ।

गाउँपालिकमा भएका १ हजार १ सय बालबालिकालाई पूर्णखोप लगाइएको छ । तातोपानी गाउँपालिका जुम्ला–२ का स्थानीय महिला छायाँदेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताइन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको ६ महिनाभित्र जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको बताए ।

जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन् । बाँकी चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी र कनकासुन्दरी गाउँपालिकामा पनि पूर्णखोप घोषणाको तयारी भइरहेको छ । रासस

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार ००:००