स्थानीय खबर संवाददाता
काठमाडौ, ३१ असार
सिन्डिकेट बिरुद्ध उभिएर लोकप्रिय छबि बनाएका सहसचिव रुपनारायण भट्टराईलाई सरकारले केन्द्रीय पञ्जीकरण विभागमा काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारको मन्त्रीस्तरीय निर्णयले भट्टराईलाई सरुवा गरेको हो ।
यातायात व्यवस्था विभागको महानिर्देशक रहँदा सिन्डिकेट विरुद्ध कदम चालिरहेका बेला करिब २ महिनाअघि उनलाई मन्त्रालय तानेको थियो । यसपछि उनलाई भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयमा भूमिकाविहीन अवस्थामा राखिएको थियो ।
सुरूमा यातायात क्षेत्रको सिन्डिकेटप्रति यातायात व्यवस्था विभाग आक्रामक देखिएको थियो । त्यसबेला भट्टराईले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । जसका कारण उनले लोकप्रिय प्रशासकको छबि बनाएका थिए । पछिल्लो समय यातायात व्यवसायीप्रति सरकार नरम हुन थाल्नु र भट्टराईको सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैगरि, पञ्जीकरण विभागका महानिर्देशक बेदबहादुर कार्कीलाई मन्त्रालयमा काज सरुवा गरेको छ । प्रदेश र स्थानीय तहको कार्यान्वयनसँगै खारेजीको चर्चा चलेको पञ्जीकरण विभाग कार्यबोझ र जिम्मेवारीका हिसाबले कमजोर मानिन्छ । विभागले स्थानीय तहसँग समन्वय गरेर जन्मदर्ता, मृत्युदर्ता लगायतका घटना दर्ताको काम गर्दै आएको छ ।
यसबाहेक बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । स्थानीय तहले पठाएको घटना दर्ताको बिबरणलाई विभागको प्राविधिक समुहले पञ्जिकृत गर्न थालेसँगै विभागको भूमिका घटेको हो ।
साथै गत बर्षदेखि नै सामाजिक सुरक्षा भत्ता पनि अर्थ मन्त्रालयले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सिधै पठाउन थालेको छ । जसले गर्दा यातायात व्यवस्था कार्यालयको तुलनामा पञ्जीकरण विभाग कमजोर छ ।
अरू पनि सरुवा
भट्टराईबाहेक अन्य ७ जना सहसचिवलाई पनि सरुवा गरेको छ । थप बिबरणमा





प्रतिक्रिया