२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरान उपमहानगर–१४ बालमैत्री वडा घोषणा



३० असार, इटहरी । धरान उपमहानगरपालिका वडा नं १४ विजयपुरलाई बालमैत्री घोषणा गरेको छ । प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारीले बालमैत्री वडा घोषणा गर्दै मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्न बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार गर्नुपर्नेमा जोड दिए ।

शनिबार वडा नं १४मा पर्ने विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा गरिएको हो । उनले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा प्रभावकारी काम गर्न ठोस धारणा र योजना अगाडी सार्नुपर्ने उनले बताए ।

धरानको धार्मिक एवं ऐतिहासिक तीर्थस्थलका रुपमा रहेको विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा कार्यक्रममा प्राध्यापक डा. टंक न्यौपाने, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ र उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले आ–आफ्नो धारणा राख्दै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य शहर बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको बताएका छन् ।

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडाका बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । २० वटा वडा रहेको धरान उपमहानगरपालिका–१३ लाई पनि यसअघि नै बालमैत्री वडा घोषणा गरि सकेको छ । रासस

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ००:००