२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नंं ४ को नाम ‘तमुवान–मगरात’ राख्न माग



 

२१ असार, काठमाडौं । विभिन्न आदिवासी संघसंगठनले प्रदेश नं ४ को नाम ‘तमुवान–मगरात’ नामकरण गर्न माग गरेका छन् ।

सात आदिवासी जनजाति संगठनले विज्ञप्ति जारी गरी प्रदेश नं ४ को ऐतिहासिक सभ्यता, पहिचान र भावनालाई कदर गर्न ‘तमुवान–मगरात’ राख्नुपर्ने प्रदेश संसद् र सरकारसंग माग गरेको हो । सङ्गठनका अनुसार कूल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी आदिवासी जनजाति प्रदेश नं ४ मा बसोबास गर्छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष, रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पा लगायतले विज्ञप्ति जारी गरी आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख माग भनेको पहिचान र अधिकार रहेको उल्लेख गदै प्रदेश नं ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी तमुवान–मगरात’ राख्न माग गरेका हुन् ।
रासस

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार ००:००