१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ मुग्लिन सडक अवरुद्ध



१८ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अबरुद्ध भएको छ । केही दिनयता पटक पटक अबरुद्ध हुँदै आएको नारायणघाट–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध भएको छ ।

चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा फेरी बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ती स्थानहरूमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि बर्षायाममा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण छ । रासस

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ००:००