१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैजनाथ गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ

लेखक स्थानीय खबर १७ असार २०७५, आइतबार २ मिनेट पढाइ

 

१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

इन्जिनियर खाँले माटो कटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसंग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा यही असार १५ गते पक्राउ गरिएको भए पनि आयोगले आज (आइतबार) सार्वजनिक गरेको हो ।

इन्जिनियर खाँलाई कोहलपुर नगरपालिका ४ मदनचोकस्थित सार्वजनिक प्रतीक्षालयबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै, आयोगले आजै महानगरीय अपराध महाशाखा, टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, आयोगले आजै बाँकेको जानकी गाउँपालिका २ स्थित श्री माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र काँदुले उक्त पदमा निर्वाचित हुँदा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काँदुले पेश गरेको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाई स्कूल तह उत्तीर्ण गरेको भन्ने शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको दाबी छ ।

उता मनराजी देवी मा वि मर्चवारी, रूपन्देहीमा कार्यरत प्राथमिक शिक्षक सत्यधामा यादवले स्थायी अध्यापन अनुमति पत्रको प्रमाणपत्र नक्कली बनाई भ्रष्टाचार अभियोगमा आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।