२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. ७ को बजेट पारित



१६ असार, धनगढी । प्रदेश ७ को प्रदेशसभाको बैठकले आर्थिक २०७५/०७६को बजेट पारित गरेको छ । साथै उक्त बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरेको छ ।

बैठकले आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि पारित गरेको छ । सभामुख अर्जुनबहादुर थापाले ती विधेयक निर्णयार्थ पेश गर्दा बैठकले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उक्त प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका हुन् ।

प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै योजनामन्त्री बोहराले सबैलाई साथमा लिएर सरकारले प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभाको पहिलो बैठकमा आव २०७५/७६ को बजेट माथि भएको छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, तारा लामा तामाङ, कृष्णबहादुर चौधरी र वीरमान चौधरीले भाग लिएका थिए । बजेट भने दोस्रो बैठकले पारित गरेको थियो ।

प्रदेश नं ७ को सरकारले यही असार १ गतेको प्रदेशसभाको बैठकमा आव २०७५/७६ का लागि २५ अर्ब ६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । रासस

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ००:००