१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुख, सुविधा मात्र खोज्ने कर्मचारी चाहिँदैन: मन्त्री पण्डित



१६ असार, नेपालगन्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुख र सेवा सुविधा मात्र खोज्ने कार्मचारी सरकारलाई नचाहिने बताएका छन् ।

नेपालगञ्जमा आयोजित ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाह र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रियामा पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको सरकारले विकल्प खोज्ने दाबी गरे ।

उनले तोकिएको काममा नजाने कर्मचारीको ठाउँमा अन्य कर्मचारी भर्ना गर्ने चेतावनी दिँदै आफ्नो काम, कर्तव्य र अधिकारप्रति सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

“कर्मचारीले तोकिएको काम मर्यादित, इमान्दार, पारदर्शी र जवादेही भएर गर्नुपर्छ,” उनले भने, “आफ्नो मात्र सुख, सुविधा खोज्ने कर्मचारी सरकारलाई चाहिएको पनि छैन ।”

उनले जनप्रतिनिधिले पनि जनतालाई शिरमा राखेर काम गर्नु पर्नेमा जोड दिए । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिसमितिका अध्यक्ष दाहालले विषयगत कार्यपत्र प्रस्तुत गर्दै विधिको शासनका साथै राज्यशक्ति बलियो र जवाफदेहिता भए मात्रै लोकतन्त्र बलियो हुने बताए ।

मन्त्रालय र समितिले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५, ७ र कर्णालीका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरेको थियो । कार्यक्रममा स्थानीय तहको वित्तीय व्यवस्थापन, जनशक्ति र कानून निर्माणका चुनौतीका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय, बजेटको बाँडफाँड, कर्मचारी व्यवस्थापन, विकास योजना सञ्चालन गर्दा आउने कानूनी जटिलता लगायतका विषयमा एकरुपता र स्पष्टता ल्याउनुपर्नेमा सहभागीले विशेष जोड दिएका थिए । रासस 

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ००:००