१६ असार, हुम्ला । प्रदेश नं ७ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई सडक, विद्युत र हवाई सेवालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
हुम्ला विमानस्थलमा शनिबार भएको भेटमा सडक, विद्युत, हवाईसेवालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका हुन् ।
दुई वर्षभित्र कर्णाली–कोरिटार सडक निर्माणमा नेपाली सेना लागिपरेको शाहीले जानकारी दिए । साथै हुम्लाको हवाई भाडा घटाउन पहल गर्ने पनि उनले बताए । रासस




प्रतिक्रिया