१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा पनि निषेधित क्षेत्र



१६ असार, सुर्खेत । सरकारले जुम्लामा पनि निषेधित क्षेत्र घोषणा गरेको छ । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको भनी सोको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक सूचना टाँसी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ सय मिटर वरपर कुनै पनि प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने गरि निषेधित क्षेत्र तोकेको हो । रासस

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ००:००