७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकलाई विशेष भत्ता बितरण



१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले १३ नं वडाका ज्येष्ठ नागरिकलाई शुक्रबार विशेष भत्ता प्रदान गरेको छ । विशेष भत्ता पाउनेमा ७५ वर्ष उमेर पूरा भएका महिला ३ सय ८४ र ८० वर्ष उमेर पूरा भएका पुरुष २ सय२ जना छन् । ४ सय ८३ एकल महिला, १९ आंशिक अपांगतायुक्त र २५ पूर्ण अपांगले वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

यीमध्ये महानगर विशेष भत्ता भने ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषले मात्र प्राप्त गर्नेछन् । विशेष भत्तासँगै महानगरले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्दै आएको छ ।

सामाजिक सुरक्षाका लागि वडाले पहिलो चौमासिकमा रु ६१ लाख ५५ हजार रुपैयाँ र दोस्रो चौमासिकमा ६१ लाख ३९ हजार रुपैयाँ निकासा गरेको थियो । सो रकम तेस्रो चौमासिकमा आइपुग्दा ६१ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

कामपा–१३ ले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक विशेष भत्ता वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई पुस्तान्तरण गर्नसके नगर विकासमा ठूलो सहयोग पुग्ने बताए । ध्रुबनारायण मानन्धरले ज्येष्ठ नागरिकसँगै महिला र बालबालिकाका लागि पनि महानगरले विशेष अभियान चाल्नुपर्ने धारणा राखेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार ००:००