Logo

दुर्घटनामा वडाध्यक्षसहित दुईको मृत्यु



१३ असार, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित २ जनाको मृत्यु भएको छ ।

बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला छिन् । महिलाको नाम खुलेको छैन् । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ ।

मृतक वडाध्यक्ष नेपाली नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए । जिपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्