२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनका ६ स्थानीय तहको बजेट ६ अर्ब ७१ करोड



नारायण ढुंगाना
रत्ननगर, ११ असार ।

चितवनको ६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेका छन् । चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिका हुन् ।

महानगर र नगरपालिकाहरू सबैले बजेट सार्वजनिक गरे पनि इच्छाकामना गाउँपालिकाले बजेट ल्याउन बाँकी छ । गाउँपालिकाको बजेट ३५ करोड रुपैयाँ हाराहारीमा बजेट हुने गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । उनका अनुसार अहिले वडा भेला चलिरहेकाले यही असार १५–१६ मा औपचारिक घोषणा गरिने छ ।

चितवनको भरतपुर महानगरपालिकाले ८७ बुँदे नीति तथा कार्यक्रमसहित कूल रु ३ अर्ब ३४ करोड ५ लाखको बजेट विनियोजन गरेको छ ।महानगरपालिकाका उपप्रमुख पार्वती शाहद्वारा प्रस्तुत बजेटमा चालूतर्फ १ अर्ब ७० करोड रुपैयाँ, र पूँजिगततर्फ १ अर्ब ६२ करोड विनियोजन गएिको छ । वित्तीय व्यवस्थापनतर्फ १ करोड रुपैयाँ छुट्ट्याईएको छ ।

रत्ननगर नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि ८४ करोड ५४ लाख रुपैयाँको बजेट पारित गरेको छ । जसमा आन्तरिक आय १० करोड ५८ लाख रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रम १२ करोड रुपैयाँ, संघीय सरकारबाट सशर्त अनुदान २६ करोड ७८ लाख रुपैयाँ, वित्तीय सामान्यीकरणतर्फ १२ करोड २ लाख रुपैयाँ र ९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारबाट सशर्त अनुदान ४ करोड ९६ लाख रुपैयाँ, वित्तीय सामान्यीकरणतर्फ ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट १ करोड रुपैयाँ, सडक बोर्डबाट ७० लाख रुपैयाँ र एलजीसीडीपीबाट १० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

खैरहनी नगरपालिकाले आगामी वर्षका लागि ६२ करोड ३१ रुपैयाँको बजेट सार्वजनिक गरिएको नगरप्रमुख लालमणि चौधरीले जानकारी दिए ।

राप्ती नगरपालिकाले पनि आगामी वर्षका लागि ५१ करोड २० लाख रुपैयाँको बजेट पारित गरेको छ । आन्तरिक आम्दानी ४ करोड रुपैयाँसहित सशर्त अनुदान झण्डै २० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ करोड रुपैयाँ र वित्तीय समानीकरणबाट साढे १६ करोड संकलन गरिने प्रक्षेपण गरेको छ ।

कालिका नगरपालिकाको दोस्रो नगरसभाले आर्थिक वर्ष २०७५/७६ का लागि ४९ करोड १८ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको छ । सो बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्व २ करोड रुपैयाँ, संघीय सरकारबाट नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १४ करोड २६ लाख रुपैयाँ, सामानीकरण अनुदान १३ करोड ५७ लाख रुपैयाँ, प्रदेशसभाबाट सशर्त अनुदा ८२ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ८ करोड ६७ लाख रुपैयाँ, शान्ति सुरक्षा भत्ता अनुदान ७ करोड र सडक बोर्डबाट ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

माडी नगरपालिकाले पनि ९० करोड ३८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले नेपाल सरकारबाट ३० करोड रुपैयाँ, प्रदेश सरकारबाट २ करोड रुपैयाँ, आन्तरिक आम्दानी करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको जैसीले जानकारी दिए ।

अन्य रकम भने विभिन्न ठाउँबाट अनुदानित कार्यक्रमहरु आउने अनुमानसहित ९० करोड ३८ लाख रुपैयाँको बजेट विनियोजन भएको जानकारी जैसीले बताए । रासस

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ००:००