१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायणको बजेट ९६ करोड २८ लाख



१० असार, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि कूल रु ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ ।

तेस्रो नगरसभाले अनुदानतर्फ १५ करोड ८६ लाख रुपैयाँ, शसर्त अनुदानतर्फ ३१ करोड ३ लाख रुपैयाँ, ८ करोड २५ लाख रुपैयाँ र राजश्व आयतर्फ १६ करोड ७८ लाख रुपैयाँको बजेट पेस गरेको छ ।

यस्तै अघिल्लो आर्थिक बर्षको बैंक मौज्दात तीन करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्ता ९ करोड रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदनबाट ८७ लाख ४३ हजार रुपैयाँ, सशर्तबाट ४ करोड २२ लाख रुपैयाँ विशेष अनुदानबाट ५ करोड र राजस्व बाँडफाँडबाट २ करोड २६ लाख हजार रुपैयाँ छ ।

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकालाई समुन्नत बनाउँदै पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । रासस

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ००:००