१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन गुरुयोजना तर्जुमा गर्न सुझाव



 

४ असार, हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारका तर्फबाट प्रस्तुत आव २०७५÷०७६ का लागि बजेटमाथि छलफल जारी रहेको छ ।

प्रदेशसभा सदस्यले बजेटमाथिको छलफलमा भाग लिँदै बजेटले समेट्न नसकेका राष्ट्रिय गौरवका आयोजना, खानेपानी, पर्यटन क्षेत्रको गुरुयोजना, कृषिको आधुनिकीकरण र बजारको व्यवस्थापन विषयमा सुझाव प्रस्तुत गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले कृषि उत्पादन वृद्धि गर्न, यान्त्रिक उपकरण खरिद गर्नका लागि अनुदान उपलब्ध गराउन, पर्यटन क्षेत्रमा गुरुयोजना तर्जुमा गर्न माग गरे ।

उनले नेपाली कांग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह र सुवर्णशम्शेर जबराका नामबाट प्रदेश नं ३ का राष्ट्रिय गौरवको आयोजनामा नाम उल्लेख नहुनु तर वामपन्थी दलका नेताका नाममा आयोजना र सडकको नामकरण गरिनु न्यायसंगत नभएको बताए ।

सदस्य कृष्णप्रसाद खनाल, शोभा शाक्य, सिर्जना सैंजु, रिना गुरुङ्ग, लेखनाथ दाहाल, कञ्चन खनाल, देवेन्द्र श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, डा राजाराम कार्की, ज्ञानेन्द्र शाक्य, सन्तबहादुर प्रजा, दोर्जे लामा, मीना ज्ञवाली, निमा लामा, कृष्णप्रसाद भुर्तेल, प्रकाश श्रेष्ठ, शान्तिप्रसाद पौडेल र प्रदीप कटुवाल क्षेत्री छलफलमा सहभागी भएका थिए ।

यसैगरी सदस्य घनश्याम दाहाल, केशवराज पाण्डे, प्रतिमा श्रेष्ठ, तिलिमा पुन, सन्तबहादुर लामा, रत्नप्रसाद ढकाल, नरोत्तम वैद्य, देवीमाया घले, भावना सुवेदी, रजनी जोन्छे, मुनु सिग्देल, रामलाल महतो, देवकी श्रेष्ठ, लक्ष्मण लम्साल, रचना खड्का, हिमा गोले र रामेश्वर फुयाँलले बजेटमा नसमेटिएका विकासका पूर्वाधार विषयलाई समेट्न सरकारले थप गृहकार्य गर्नुपर्ने सुझाव दिए ।

उनीहरूले मन्त्रीहरूको गृह जिल्लामा बजेट अत्याधिक छुट्टयाइएको आरोप पनि लगाए । प्रदेशसभाको अर्को बैठक यही असार ६ गते अपराह्न १ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ००:००