३१ असार, सुर्खेत । जाजकरोकटको जुनीचाँदे गाउँपालिकाको केन्द्र परिर्वतन गर्ने भएको छ । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जुनीचाँदे गाउँपालिकाको केन्द्र लुहादहमा कायम गर्नेबारे आएको प्रस्ताव संघीय मन्त्रिपरिषदमा पठाउने पहिलो निर्णय गरेको छ ।
यसैगरि प्रदेश सरकारले कर्णाली प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक–२०७५, को मस्यौदा प्रदेशसभामा पेश गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।
यसैगरि प्रदेश प्रहरीसम्बन्धी विधेयक– २०७५, को मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।
बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक–२०७५, कर्णाली प्रदेश ऋण उठाउनेसम्बन्धी विधेयक–२०७५, र कर्णाली प्रदेश विनियोजन विधेयक–२०७५, प्रदेशसभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए रासस

प्रतिक्रिया