१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगला गाउँपालिकाकाे दुर्दीमा खानेपानी आयोजना निर्माण

लेखक स्थानीय खबर २७ जेष्ठ २०७५, आइतबार २ मिनेट पढाइ

 

२७ जेठ, बाबियाचौर– म्याग्दी । मंगला गाउँपालिका ४ दुर्दीमा ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।

गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।

सबैको घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताए । विसं २०५२ मा निर्माण भएको आयोजनाको धारा जीर्ण हुँदा खानेपानीको समस्या झेल्दै आएका दुर्दीवासीको घरघरमा खानेपानी धारा जडान भएपछि राहत मिलेको अध्यक्ष फगामीले बताए ।

आयोजना निर्माणका लागि ६८ घरधुरी उपभोक्ताले चार महिनासम्म १९ लाख ४८ हजार ५०० बराबरको श्रमदान गरेका थिए । परियोजना र गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।

दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा

चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आएको छ ।

मर्मत र चालकको व्यवस्था गरेपछि गत वर्षदेखि थन्किएको एम्बुलेन्स सेवा गत हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी सभापति याममती रोकाले बताइन् ।

एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मालिका, धौलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । एम्बुलेन्स प्रयोगमा नआउँदा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्न बाध्य थिए ।

म्याग्दी प्रवासी नेपाली संघ मोना ले पाँच वर्षअघि सदरमुकाम बेनी, उत्तरी क्षेत्रका लागि भुरुङ तातोपानी र पश्चिमी क्षेत्रका लागि दरवाङ उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । स्थानीय तह र सरोकारवाला संघसंस्थासंग समन्वय गरेर एम्बुलेन्सलाई नियमित र प्रभावकारी रुपमा सञ्चालन गरिने सभापति रोकाले बताए ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।