२५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य भएको बताइन् ।
उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ को तत्कालीन नेकपा एमाले बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।
सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाही लगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसंग माग गरिन् ।
रासस



प्रतिक्रिया