१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई मन्त्री बस्नेतकाे चेतावनी



२३ जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जथाभावी फोहोर फाल्ने सरकारी कार्यालयहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

आज राजधानीको सरसफाई कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिएका छन् ।

“तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपारेको फोहोर तत्काल हटाउनु होस्,” मन्त्री बस्नेतले भने, “आगामी दिनमा फेरी यसरी फोहोर फालेको पाइए कारबाही गर्छु ।”

मन्त्रीसहितको टोलीले माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडिसम्म सरसफाई गरेको थियो । ‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको नेतृत्व बस्नेतले गरेको थियो । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ००:००