५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्काभेटर पुरिँदा चालकको मृत्यु



 

२३ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका २ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

मंगलबार साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं को स्काभेटर पुर्दा पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी दिए । उक्त घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ घाइते भएका छन् ।
रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ००:००