१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतको महाशिला गाउँपालिकामा ८ वटा विधेयक पारित



२२ जेठ, फलेवास । पर्वतको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालनसम्बन्धी ८ वटा विधेयक पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट विधेयक सर्वसम्मत पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन—२०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन—२०७५, न्यायिक समितिले उजुरीको कारबाही किनार गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक— २०७५, सहकारी ऐन—२०७५, स्थानीय शिक्षा ऐन—२०७५, पूर्वाधार व्यवस्थापन ऐन—२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक—२०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन—२०७५ पारित गरेको हो ।

शिक्षा विधेयकमा शिक्षकको दरबन्दीलाई स्थानीयकरण गरी हेरफेर, आन्तरिक सरुवा बढुवा गर्ने उल्लेख छ । यसैगरी, कृषि व्यवसाय तथा प्रवद्र्धन विधेयकले गाउँपालिका क्षेत्रमा रहेका सम्भावनाको पहिचान गरी कृषिजन्य उत्पादनलाई जोड दिने व्यवस्था गरिएको छ ।
यस्तै, केही विधेयक तथा संकल्प प्रस्ताव विधायन समितिमा पुनः छलफलका लागि पठाउने निर्णय भएको छ । स्थानीय सेवा ऐन—२०७५ पुनः छलफलका लागि पठाइने भएको प्रवक्ता उच्चैले जानकारी दिए ।

त्यसैगरी, गाउँसभाले गाउँपालिकाभित्र मदिरा उत्पादन तथा बिक्री–वितरण र बाँदर नियन्त्रण अभियान सञ्चालन गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ । मदिरा नियन्त्रणका लागि रु ६ लाख विनियोजन गरिएको छ । आगामी असोज मसान्तसम्म मदिरा पूर्णरुपमा नियन्त्रण गर्ने निर्णय गरेको छ । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ००:००