१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वन उपभोक्ता महासंघको महाधिवेशन असोजमा



२१ जेठ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संघीय महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

महासंघको यहाँ सम्पन्न राष्ट्रिय कार्यसमितिको ११औँ बैठकले उक्त मितिमा महाधिवेशन आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गर्ने निर्णय गरेको हो ।

बैठकले संविधानबमोजिम संघीय, प्रादेशिक र स्थानीय तहमा सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक व्यवस्था मिलाउन सबै पक्षसँग आग्र्रह गरेको छ ।

सामुदायिक वनको अधिकार उपभोगका क्रममा देखिएका नीतिगत र संस्थागत अन्योलतालाई प्रभावकारीरुपमा सम्बोधन गर्न तीनै तहका सरकार समक्ष अनुरोध गरेको छ ।

साथै, सरकारले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फँडानी गरी जैविक विविधता नष्ट गर्ने, समुदायको परम्परागत ज्ञान सीपको अवमूल्यन गर्ने र सामुदायिक वनको स्वायत्ततामाथि अंकुश लगाउने कार्य गरिरहेको महासंघले आरोप लगाएको छ ।

बैठकले उक्त कार्य रोकी अविलम्ब वनको दिगो व्यवस्थापन विधिमार्फत वन व्यवस्थापन पद्धति अगाडि बढाउन माग गरेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

महासंघले सामुदायिक वन नेपालको पहिचान भएकाले यसलाई राष्ट्रिय प्राथमिकताको कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेको छ ।

बैठकले चुरे वातावरण संरक्षण क्षेत्र, संरक्षित क्षेत्रका नाममा उपभोक्ताको अधिकार हनन हुने कार्य भएकाले सोप्रति आपत्ति जनाउएको छ । संरक्षित क्षेत्र घोषणा गर्नुको सट्टा समुदाय केन्द्रित वन व्यवस्थापनका लागि सबै पक्षसँग आग्रह गर्दै नियमित अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ००:००