१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकिलुम्बा बिमानस्थलः परीक्षण उडान सफल

लेखक स्थानीय खबर २१ जेष्ठ २०७५, सोमबार १ मिनेट पढाइ

 

२१ जेठ, मंगलबारे– इलाम ।
निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो ।

तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल उडान गरेको भन्दै जिल्लावासीले फूलमालासहित सम्मान गरेका थिए ।

करीब छ वर्षअघि निर्माण शुरु भएको यस विमानस्थलमा ग्राभेलको काम गरिने प्राधिकरणका प्रमुख इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यस वर्ष १ करोड १५ लाखमा ठेक्कामा दिइएको थियो ।

माईखोलासम्म ढल व्यवस्थापन आठ करोडमा भइरहेको उनले बताए । धावनमार्ग कालोपत्र प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । तीन सय २५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माण गर्न स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण गरिएको थियो ।

विमानस्थल निर्माण भए पूर्वी पहाडी भेगका स्थानीयवासीलाई सहज हुनेछ । जिल्लाका पर्यटन व्यवसायी समेत विमानस्थल निर्माणबाट गति लिने र पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षामा छन् ।
रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।