१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु



 

२१ जेठ, मलेखु– धादिङ ।
दक्षिणी धादिङको थाँक्रे गाउँपालिका ६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिक रुपमा छाँगाबरोहण अर्थात क्यानोनिङ शुरु भएको छ ।

नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।

शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्प कँडेलले झर्नावरोहणको उद्घाटन गर्दै पर्यटन विकासको सम्भावना नै सम्भावना भएकाले समृद्ध नेपालका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

पृथ्वीराजमार्गको महादेवबेँशीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडक मार्ग प्रयोग गरी सडकबाट खोलामा पाँच मिनेट खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकाले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने रानीबारी निवासी पत्रकार रामेश्वर कार्कीले जानकारी दिए ।

रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालीमसमेत शुरु गरिएको छ । रानीझर्नामा जेठ २६ र २७ गते छाँगावरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनिङ एशोसिएशनका संस्थापक अध्यक्ष कर्ण थापाले बताए ।
रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ००:००