८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदीबेनी धाममा खानेपानी आयोजना सम्पन्न



 

२० जेठ, फलेवास– पर्वत ।
धार्मिक तथा पर्यटकीयस्थल मोदीबेनी दिव्यधामको खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको स्वामित्व शनिबार एक कार्यक्रमको आयोजना गरी मोदीबेनी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख दीपक शेरचनले मोदीबेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशवदास बैरागीलाई हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०७३/७४ मा सरकारको ९३ लाख ६० हजार ५१८ र उपभोक्ता समितिको ११ लाख ४ हजार ६३१ को श्रमदानमार्फत निर्माण भएको आयोजनाले मोदीबेनी दिव्यधाममा खानेपानीको चरम समस्या समाधान भएको छ ।

मल्याङ्दी खोलामा मुहान रहेको आयोजनाका २० हजार लिटरका दुई वटा ट्यांकी बनाइएको छ । खानेपानी आयोजनाअन्तर्गत मोदीबेनीमा १०८ धारासहित ५ वटा खानेपानीका धारा, बागलुङ नगरपालिका–१४ मा ५ हजार लिटर क्षमताको एउटा ट्यांकी, फलेवास नगरपालिका–४ मा चार हजार लिटर क्षमताको एउटा ट्यांकी र समुदायका लागि चार हजार लिटरको ट्यांकी बनाएर खानेपानीको सुविधा पु¥याइएको छ ।

खानेपानी तथा सफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले मोदीबेनी यस क्षेत्रकै धार्मिक गन्तव्य रहेको र प्रदेश ४ कै पर्यटकीयस्थल रहेका कारण खानेपानीको समस्या समाधान गर्न कार्यालयले बढी जोड दिएर काम गरेको बताए ।

मोदीबेनी प्रमुख धार्मिकस्थल र सामूहिक घाट पनि हो । मोदीबेनीमा वृद्धाश्रम पनि छ । नृसिंह मन्दिर पनि यहाँ रहेको छ । त्यहाँ पुग्ने धार्मिक पर्यटक तथा सर्वसाधारणले खानेपानीको सुविधा नहुँदा सास्ती पाउनुपरेको थियो । आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या समाधान भएको नृसिंह मन्दिर संरक्षण समितिका अध्यक्ष गोपालदास वैरागीले बताए ।

पोहोरसम्म मोदी र कालीगण्डकीको फोहोर पानी छानेर प्रयोग गर्नुपर्ने अवस्था थियो, बैरागीले भने, “अहिले खानेपानीको समस्या समाधान भयो ।”
रासस

प्रकाशित मिति : २० जेष्ठ २०७५, आइतबार ००:००