११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यकाे स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ: मुख्यमन्त्री गुरुङ



 

१९ जेठ, बाग्लुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताएका छन् ।‍ बागलुङ नगरपालिकाद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले राज्यको स्रोत साधनमा सबैको बराबरी हक लाग्ने बताए

“स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, उनले भने, “असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया प्रभावित हुन्छ ।” उनले संघीय सरकारले प्रदेश नं ४ लाई कम बजेट छुट्याएको प्रति असन्तुष्टि व्यक्त गर्दै संघीय राज्यको मर्मअनुसारको बजेट विनियोजन नभएको गुनासो गरे । साथै राज्यको स्रोतसाधन संघमै राख्न खोजिएको आरोप पनि लगाए ।

उनले राज्य सत्तामा केन्द्रदेखि स्थानीय तहसम्मको समान हक लाग्ने हुँदा स्रोत साधनको वितरण न्यायोचित हुनुपर्नेमा जोड दिए । प्रदेश सरकार र स्थानीय तहले जनशक्ति र स्रोत साधनको अभावमा प्रभावकारी काम गर्न नसकेको बताए ।

प्रदेश सरकार बनेको महिनौँ बित्दासम्म संघीय सरकारले कर्मचारी पठाउन नसक्नु दुःखद भएको उनको टिप्पणी छ । उनले प्रदेश नं ४ को समृद्धिको आधार तयार गर्ने गरी बजेट, नीति र कार्यक्रम ल्याइने बताउँदै पूर्वाधार, सामाजिक र मानवीय विकासलाई पनि प्रदेश सरकारले ध्यान दिइने बताए । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ००:००