Logo

पाल्पा–बुटवल सडक बन्द



 

१९ जेठ, रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार सामान्य वर्षा हुँदासमेत सो सडकमा पहिरो खस्ने गरेका कारण समस्या आएको हो । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् ।

सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नं ५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्