१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिससको निष्कृय रकम वडा कार्यालय निर्माणमा खर्च गरिने



स्थानीय खबर संवाददाता
काठमाडौं, १५ जेठ

गाउँपालिका र नगरपालिकाको वडा कार्यालयहरू निर्माण गर्न हाल जिल्ला समन्वय समितिको खातामा रहेको रकम खर्च गर्ने बजेटले घोषणा गरेको छ ।

संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नगरपालिका र गाउँपालिकाको पनि लागत साभेदारीमा उक्त रकम खर्च गर्ने बताए ।

साविकको जिल्ला विकास समिति खारेज भएसँगै खातामा भएको अर्बौं रुपैयाँ निष्कृय अवस्थामा छ । तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही महिना अघि तयार पारेको प्रतिवेदनअनुसार ७५ जिविसको खातामा ७ अर्ब ३२ करोड रुपैयाँ छ ।

जिविस निष्कृय भएपछि कर्मचारी सरुवा भएको, कतिपयले आर्थिक विवरण पठाउन आनाकानी गरेका कारण रकम अझ बढ्न सक्ने मन्त्रालयले जनाएको थियो ।

रकमबाहेक भवन, जग्गा, कार्यलय सामाग्रीको बिबरण तयार पारिएको छैन । रकमसहित भवन, जग्गा, गाडी, फर्निचरलगायतका कार्यालयको बन्दोबस्तीका सामाग्री जोड्ने हो भने २५ अर्ब रुपैयाँ बराबरको सम्पति हुन सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको अनुमान छ ।

जिविस खारेज भएदेखि नै नगरपालिका र गाउँपालिकाको पूर्वाधारमा निर्माणमा उक्त निष्कृय रकम खर्च गर्नुपर्ने मन्त्रालयको जोड थियो । साथै, निष्कृय सामाग्री पनि स्थानीय तहलाई नै हस्तान्तरण गर्नु पर्ने पनि जोड थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००